सय मिटर माथिबाट फाल्दा पनि नफुट्ने सिसा…

प्रकाशित मिति: ३० फाल्गुन २०७५, बिहीबार ०३:५०

एकजना ब्यापारी विरामी भएर आस्पतालको शैयामा मृत्यु पर्खिरहेका थिए…

विरामी : ‘मेरी बुढी खोइ ?’

बुढी : ‘म यहाँ छु ।’

विरामी : मेरी छोरी कहाँ छिन् ?

छोरी : ‘म यहीँछु बुबा ।’

विरामी : ‘छोरो खोइ त ?’

छोरो : ‘म पनि यहिं छु  बुबा ।’

विरामी : ‘बेबकुफहरु, सबै यहाँ बसेर दोकान कसले खोल्छ !’

😊

गोल्फे : ‘डाक्टर सा’ब, चस्मा लगाएपछि म पढ्न सक्छु नि !’

डाक्टर : ‘बिल्कुल सक्नु हुन्छ ।’

गोल्फे : ‘धन्यवाद डाक्टर सा’ब, म जस्तो अनपढलाई शिक्षित बन्ने अवसर दिनु भयो !’

😊

गोल्फे : (सिसा पसलेसँग) ‘साहुजी, यो सिसा कति बलियो छ ?’

पसले : ‘एकदम बलियो छ । सय तला माथिबाट फाले पनि जमीन नछोएसम्म फुट्दैन !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com