भकारी ठगियन्ताजस्ता सहकारी अभियन्ता…

प्रकाशित मिति: १ चैत्र २०७५, शुक्रबार ०२:१९

सहकारी सञ्चालकको मनपरी’ यो समाचार अन्नपूर्णपोष्टको हो । समाचार अनुसार, एउटा  सिभिल ग्रुपले प्रवर्द्धन गरेको सिभिल सेभिङ एण्ड को-अपरेटिभ रहेछ । त्यसले कर्जाको ९१ प्रतिशत आफ्नै स्वामित्वका व्यवसायमा लगानी गरेछ !

खबर भन्छ- उक्त सहकारीको आ. ब. २०७४/७५ को हिसाबमा देखिएको ८ अर्ब १३ करोड कर्जा मध्ये ७ अर्ब ४३ करोड सिभिल होम्स प्रालि, सिभिल अपार्टमेन्ट र सिभिल स्टेट प्रालिमा लगानी गरेको देखिएको छ ।

यो कुरा सिभिलको मात्र होइन, सहकारी खोल्ने, रकम दिने र असुल्नेहरु सबैको हो । सहकारीको मर्म भनेको बैंकिङ कारोबारको पहुँच र दायरा भन्दा टाढा रहेका समुदायमा छरिएर रहेको थोरै थोरै रकमलाई संकलन गर्ने, ठुलो पूँजिको विकाश गर्दै त्यहि समुदायको उत्थानका निम्ति आपसी सहकार्य गर्ने, गराउने हो ।

अर्थात्, सामुहिक सहभागितामा रकम जम्मा गर्ने र आवश्यकताको आधारमा सेयर सदस्यहरुबीचमै लगाउनु पर्ने हो । तर, देशमा च्याउसरी उम्रिएका सहकारी र सहकारी कर्मीहरुबाट पनि सिभिलको भन्दा कम भएको छैन ।

पैसा धेरै हुनेले ब्याज कमाउन, पैसै नहुनेले रकम चलाउन र पेशा नहुनेले काम देखाउन सहकारी खोल्ने चलन रहेको छ । अहिले सहकारीलाई बैंक ठानेर हकारी बनाउने र सहकारी अभियन्तालाई वैंकर्स ठगियन्तामा परिणत गराउनेहरुको बाहुल्यता देखिन्छ ।

यस्तो लाग्छ- धेरै पैसा  हुनेहरु आफ्नै पहुँचमा धेरै ब्याज कमाउन सहकारीमा लागेका हुन् ! थोरै पैसा हुनेहरु अन्य सदश्यहरुबाट संकलित रकम समेत परिचालन गर्दा एक-दुई जना सदश्यको रोजगारीको लागि लागेका हुन् ! ।

यहाँ पैसा नभए पनि सहकारीमा संलग्न धेरै अभियन्ताहरुको कुनै पेशा देखिंदैन ।  ‘के गर्नु हुन्छ ?’ भनेर सोध्दा ‘एउटा सहकारी चलाउँछु’ भन्छन् !  खानपान, रहन सहन र जीवन शैली हेर्दा सहाकारी हैन, आम्दानीको भकारी नै चलाउछन् जस्तो लाग्छ ।

खास कुरो त्यही हो त !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com