गधालाई मान्छे बनाउने सरल बिज्ञान….

प्रकाशित मिति: १ चैत्र २०७५, शुक्रबार ०३:३८

एकदिन रोहन स्कुल जाँदै थियो । बाटोमा एउटा गधा भेटेर डोर्याउँदै कक्षा कोठामा पुगेछ…

शिक्षक : ‘ए मुर्ख, स्कुलमा गधा किन ल्याएको ?’

रोहन : ‘तपाईँले भन्नु भएको थियो नि – मैलै कैयौं गधालाई मान्छे बनाएको छु !’
शिक्षक : ‘भन्न खोजेको के ?’

रोहन : ‘यसलाई मान्छे बनाएर देखाउनोस् त हेराैं !’

😊

पशुपतिको सडकमा दुईजना भिखारी कुरा गर्दै थिए..

पहिलो : (दोश्रोसँग) ‘एकजना मानिसले मलाई पटक पटकसोध्यो – तिम्रो दैनिक कमाई कति हुन्छ भनेर !’

दोस्रो : ‘अनि !’

पहिलो : ‘मैले जवाफ नै दिइनँ ।’

दोश्रो : ‘अचम्म ! किन जवाफ नदिएको त ?’

पहिलो : ‘मेरो बिचारमा उ आयकरको हाकिम थियो !’

😊

काले र गोरेले बाटोमा दुई वटा बम भेटेछन्…

काले : (गोरेसँग) ‘जाँउ हिंड, पुलिसलाई दिएर आउँ ।’

गोरे : ‘बाटोमा जाँदाजाँदै कुनै एउटा पड्कियो भने ?’

काले : ‘एउटा मात्रै भेटेको भनौंला न त !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com