मेड ईन नेपाल, चार पाङ्ग्रे गाडी, ब्याउनु पर्यो, पाडो होस् कि पाडी…

प्रकाशित मिति: ३ चैत्र २०७५, आईतवार ०३:४१

सरकारले चार पाङ्ग्रे सवारी साधन नेपालमै बनाउने घोषणा गरेको छ । त्यसकालागि १० अर्बको विदेशी लगानी भित्र्याउने निर्णय समेत भईसक्यो । कोरियन कम्पनी ‘मेट्रेक्स’ले यो काम गर्ने जनाएको छ ।
उक्त खबर बाहिर आएपछि यो निर्णयलाई लिएर को, के सोच्दै होलान् ? आउनोस्, यसको गजुरियालिटी पढाैं ।

सरकारका प्रम – आफ्नो पालाको पहिलो ऐतिहिसिक काम ठानेर ‘जुता’ लगाउँदै । ( जुता= जुङ्गामा ताउ) ।

मन्त्री र सम्वन्धित समिति : जसको भारी-आफैंतिर पारी, मौकाको फाईदा- हेर्दै वरिपरी ।

प्रतिपक्ष : घर-झगडामै बेहोस् भएको बेला, यो निर्णय सुन्दा बेलाबेला झस्किएला !

घरानीयाँ उद्योगी : श्रोत र बुद्धि पुगेन पहिले, कोरियन भाइले खानेभो ऐले, अब चाँही सोचौं मिलेर सबैले !

मध्मम ब्यापारी, कर्मचारी : अलि सस्तो पाउला कि, मोडल राम्रै आउला कि, एउटा किन्नै पर्ने हो, सोचे जस्तो भए त पक्कै ल्याउनु पर्नेभो !

मर्मत सेन्टर : भारतबाट आए जापानबाट आए, सँगै मिस्त्री अनि स्पेयर पार्टस् पठाए, हे कोरियन दादा,  छिन्मै चल्ने छिन्मै गल्ने साधन बनाएस् !

सर्वसाधारण : पेट भोकै छैन मकै, लुतो न कनाई, पितलको सनाई !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com