सिके भन्छन् – एजेण्डा छोडेको हैन, ‘जनमत’ राखेर ‘संग्रह’ सरकारलाई बुझाएको हो…

प्रकाशित मिति: ६ चैत्र २०७५, बुधबार ०२:४७

बिप्लव समुह बिरुद्ध प्रहरी एक्सन, १७ जना हिरासतमा
‘लुक्ने र समात्ने दुइटै अनुभवी छन्, हेरौं कस्को भाँडो छिटो रित्तिन्छ वा भरिन्छ !’

सरकारको ‘थिंक ट्यांक’ छ महिनासम्म रित्तै !
‘रित्तिएको होइन, ट्यांकीमा प्वाल परेको होला !’

जनमत संग्रहको एजेण्डा छोडेका सिकेको पार्टीको नाम जनमत
‘एजेण्डा छोडेको होइन, ‘जनमत’ आफुले राखेर ‘संग्रह’ सरकारलाई बुझाएको हो !’

न्याम्सको उपकुलपति मधेशी दलको कोटामा, अब गोविन्द केसीले के गर्लान ?
‘के गर्छन र, अरुले पम्प कति भर्छन् त्यति गर्छन् !’

प्रचण्डका लागि अमेरिकाद्वारा ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी
‘हेग देखाएर तर्साउनेहरुको प्रेशर लो भएको अनुमान् !’

सेना परिचालनको लफडा : मनको बाघले खाँदैछ कि वनको ?
‘न मनको न वनकोले, खाने डर त संसद भवनकोले !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com