‘ग्रेटर नेपाल’को पक्षमा सिके राउत !

प्रकाशित मिति: ८ चैत्र २०७५, शुक्रबार ०३:२६

‘ग्रेटर नेपाल’ का एक्ला अभियन्ता फणिन्द्र नेपाल हुन् । करिव २० बर्ष लामो उनको यो अभियानले खासै चर्चा पाउँन सकेको छैन । भर्खरैमात्र उनले चिनदेखि स्विजरल्याण्ड पुगेर ग्रेटर नेपालको झण्डा देखाएका छन् । फणिन्द्र नेपाल ऐले जेनेभामा छन् ।त्यहाँ पुग्नुको एउटामात्र उद्देश्य ग्रेटर नेपालको मुद्दालाई अन्तराष्ट्रियकरण गर्नु रहेको जनाएका छन् ।

यो आम नेपालीहरुको आत्मसम्मानसँग जोडिएको बिषय हो । टिष्टादेखि काङ्गडासम्मको गुमेको नेपाली भूमि सहितको बृहत नेपालको सपनाप्रति फणिन्द्र नेपालमात्र एक्ला अभियन्ता देखिएका छन् ।

यस सन्दर्भमा गजुरियल भनाई छ- कहिले काँही सरकारको तहबाट पनि बिगतमा भारत नेपालबीच भएका असमान सन्धि खारेजीको बिषय उठेकै हो । सन्धि खारेजीबाट आउने परिणाम पक्कै देश र जनहितकै लागि हुनेछन् । यो कुरामान्ने हो भने ग्रेटर नेपाल हुँदा घाटा हुने के छ र !

                                                        (फोटो साभार:सामाजिक सन्जाल)

देशलाई मुला गिंडेझै गिंडौं भन्नेको समर्थनमा सजिलै  हात उठ्छन् । काँक्रोझै चिरौं भन्नेको पक्षमा पनि भिँड जुट्छ। उत्तर दक्षिण नदी बगेझै धर्सा तानौं भन्ने हो भने पनि पहिले देखिकै भुक्तभोगीहरू कतिछन कति !  देशलाई जातमा बाँडौं, धर्ममै भाग लगाउँ । भोली जे होला होला, छिनलाई रमाउँ, नयाँ नाना लगाउँ भने पनि जनमत सजिलै जुट्दछ ।

तर, देश ठुलो हुन्छ । सिमापारी रहेर पनि नेपाली टोपी र दौरा सुरवाल लगाएर, उनै लोक गीत, उनै हाक्पारेमा रमाउँदै, हाम्रो सँस्कृतिको संरक्षण गरिरहेका नेपालीभाषी बन्धुहरु समेत जोडिने, थपिने बृहत नेपालको पक्षमा फेसबुके भित्तामा समेत ठाउँ नपाउनुको कारण के होला !

अलग मधेश छोडेर समग्र देशमा आएका सिके राउतजीलाई यो शन्देश दिउँ न, केही आईडिया फुर्ला कि !
आखिर यो पनि एउटा मीठो सपना त हो नि ! कि क…

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com