सर्पको बिषले पनि नछुने यी हत्भुत मान्छे !

प्रकाशित मिति: ८ चैत्र २०७५, शुक्रबार ०३:४३

आमा : ‘छोरी, म तिम्रो लागि केटो हेर्न जाँदैछु, उसलाई तिमी के भन्न चाहन्छ्यौ ?’

छोरी : ‘उसलाई भन्न नभुल्नु होला- सुत्ने ओछ्यान नजिकको चार्जिङ प्वाईन्टचाँही मेरो हुनु पर्छ !’
😊
जीवन  ‘ए, तेरो श्रीमतीसँगको लफडा सकियो ?’

अनन्त :  ‘सकियो । उनि आफैं घुँडा टेकेर म भए ठाउँ आईन् ।’

जीवन : ‘आएर उनले के भनिन् त ?’

अनन्त : ‘खाटमुनिबाट बाहिर निस्कनुस्, अब तपाईंलाई केही भन्दिनँ !’
😊

बसन्ते जंगलमा हिंडदै थियो । एउटा साप निस्किएर बायाँ खुट्टामा ट्वाक्क ठुँग्यो ।

बसन्ते : ‘ल टोक्,  जति पटक सक्छस् त्यति टोक ।’

सर्प :  (टोक्दा टोक्दै थाकेर बोल्छ) ‘तँ मान्छे होस् कि राक्षस ?’

बसन्ते : ‘म त मान्छे हुँ, तर मेरो बायाँ खुट्टो भने नक्कली हो !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com