लोड सेडिङले दिक्क हुनुहुन्छ ? अब ढुक्क हुनुस् …

प्रकाशित मिति: १२ चैत्र २०७५, मंगलवार ०४:०५

बुढा बुढी नै जादु हेर्दै थिए। जादुगरले बुढीलाई अगाडी बोलाउँछ र खेला सुरु गर्छ…

जादुगर : (बुढासँग)  ‘ल हेर्नुस्, तपाईँकी बुढीलाई म दुईटा बनाउँदैछु ।’

बुढो : ‘यो मुर्ख्याईँ नगर जादुगर, मलाई एउटी हुँदै सम्हाल्न कठिन छ, दुई कसरी सम्हालौं  !’

😊

सन्ते : (बिर्खेसँग) ‘म त मेरी बुढीको खर्चालु बानीले हैरान भएँ यार !’

बिर्खे : ‘किन र, त्यस्तो के भयो ?’

सन्ते : ‘हेर् न , अझ अस्तिको दिन १००० मागिन्, अस्तिको दिन फेरि १००० मागिन्, हिजो पनि १००० मागिन्, कसरी पुर्याउने !’

बिर्खे : ‘के काममा खर्च भयो भनेर हिसाब माग त ।’

सन्ते : ‘मैले पैसा दिएक़ो भए पो हिसाब माग्नु त !’

😊

सन्ते : ‘तँलाई थाहा छ हर्के, अमेरिकमा बत्ति गयो भने बिजुली अफिसमा फोन गर्छन् । जापानमा फ्युज चेक गर्छन् । नेपालमा के गर्छन् ?’

हर्के : ‘पर्दा उघारेर छिमेकीकोमा चियाउछन् । ए, सबैकहाँ गएको रहेछ भनेर रमाउछन् !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com