‘प्रश्नपत्र आउट गर्नेको अनुहार प्लास्टिक सर्जरी गरिएको थियो ।’ – अ-प्रतक्षदर्शीहरु

प्रकाशित मिति: १६ चैत्र २०७५, शनिबार ०३:१७

एसईई परिक्षा २०७५ का प्रश्नपत्र समय नपुग्दै गर्भपतन भएका छन् । यसले गर्दा एसईई प्रतिको आकर्षण र विश्वसनीयतामा बाँझाेपन देखिन थालेको छ ।

त्यसो त सेण्टअप परिक्षाले एस.एल.सी.को आकर्षण र उत्साह थप्ने गर्दथ्यो । तर, एसएलसीको प्लास्टिक सर्जरी गरेर ‘एसईई’ बनाएपछी परिक्षार्थीहरुका कुनै उत्साह देखिदैन ।

नयाँ परिक्षा प्रणाली अनुसार, सेण्टअप पास नगरे पनि एसईईमा भाग लिन पाई हालिन्छ । एसईईमा फेल भएपनी  कलेज पढ्न गई हालिन्छ । यसले गर्दा विद्यार्थीमा ‘मेहेनत बिना नै बच्चा पाउने’ अर्थात् मेहनत नगरी कक्षा चढ्ने बानी परेको छ । यही कारणले प्रश्नपत्र लिक हुने घटनाहरु दोहोरिई रहने गरेको हाम्रो बुझाई छ ।

सबै मिलेर यस्ता जघन्य घटनाको कारण खोजी गर्नु पर्ने छ । तर, दुई नम्बर प्रदेशका मन्त्री संघीय शिक्षामन्त्रीको राजिनामा माग्छन् !  अझ त्यहाँका मुख्यमन्त्री त केन्द्रले  आफ्नो प्रदेशको वदनाम गरेको अरोप लगाउछन् । केन्द्रबाटै प्रश्नपत्र लिक गराईएकोले शिक्षामन्त्रीको राजिनामा माग्छन् । कतै उनको यो माग भन्ने ‘चोरको खुट्टा काट् भन्दा चोरले खुट्टा फुत्त झिकेको’ त होइन !

यस पटक पनि प्रश्नपत्र २ नम्बर प्रदेशबाटै बाहिरिएको हल्ला आइरहेको छ । भनिन्छ- ‘एकदिनको चोर सधैंको चोर ! सियो चोर्नेले फालि चोर्छ ! मौका मिले घरै फोर्छ !’ विगतका एसएलसी काण्डलाई फर्केर कर्के लगाउने हो भने २ नम्बर १ नम्बरमा आउँछ ।

त्यसैले, सिंगारी हराएको बेला स्याल कराएको कुरामा शंका हुनु स्वभाविक छ । बाघले खाएको पनि हुन सक्छ तर गर्जन नसुनुन्जेल स्यालकाे हुइयाँ पनि बिर्सिनु हुन्न । प्रदेशले संघीय मन्त्रीको राजिनामा मागिरहेको छ । संघीयले प्रदेशलाई पनि चोरी औंलो अवश्य ठड्याउछन् । हातको एउटा औंलो अरुतिर ठड्याएपनी बाँकी चारवटा औंलाले आफैंलाई सम्झाई रहेको कुरा बिर्सनु हुन्न । देशकै लज्जाबोध गर्ने यो घटनाका दोषिको पहिचान तिनको प्लास्टिक सर्जरी गरेको अनुहार उदाङ्गो पार्नुपर्छ भन्ने गजुरियल माग छ ।

(फोटो साभार:सामाजिक सन्जाल)
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com