आधा बाटोमा गाडीको पेट्रोल सकियो भने के गर्ने !

प्रकाशित मिति: १८ चैत्र २०७५, सोमबार ०२:५९

 

दौलतजी ट्याक्सी रिजर्भ गरेर अस्पताल जाँदै थिए । आधा बाटोमा ड्राइभरले घ्याच्च गाडी रोकेपछी…

दौलत : (ड्राइभरसँग) ‘के भयो भाई ?’

ड्राइभर : ‘पेट्रोल सकियो सर , अब अगाडी जान सकिन्न ।’

दौलत : ‘ठिक छ, त्यसोभए घरमै पुर्याइदेउ !’

😊

लक्ष्मण : (धनसँग) ‘यो महिना त मैले धेरै सपिङ गरे यार !’

धन : ‘के के किनिस् त ?’

लक्ष्मण : ‘ल्यापटप, कार, मोबाइल !’

धन : ‘ तिम्रो बाबुको तरकारी पसलबाट यो कसरी र कहाँ सम्भव भयो ?’

लक्ष्मण : ‘खेलौना पसलमा पसेपछि सम्भव हुन्न त !’

😊

शिक्षक : (बिद्यार्थीसँग) ‘आज तिमी किन ढिलो आयौ हँ ?’

विद्यार्थी : ‘बुबा-आमा झगडा गरिरहनु भएको थियो ।’

शिक्षक : ‘उनिहरु झगडा गरे त तिमीलाई के फरक पर्थ्यो ?’

‘मेरो एउटा जुत्ता ममी र अर्को जुत्ता बाबाको हातमा थियो क्या !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com