विश्व हल्लाउने नेपाली समाचार, अप्रिलफुलको दिन गोप्यकुरा बाहिरिएपछि…

प्रकाशित मिति: १८ चैत्र २०७५, सोमबार ०३:०९

आज बिहानै देखि बिश्वभरी एउटा समाचार भाईरल बनेको छ । ‘सावधान, तपाईंको गोप्य कुराकानी सार्वजानिक हुँदैछ !’ शिर्षकको यो समाचार अहिलेसम्म लाखौं मानिसका मोबाईलमा पुगि सकेको छ ।
समाचार अनुसार, ‘कञ्जरभेटिभ ह्याकर’हरुले नासाको सेटेलाईट सिस्टम कब्जामा लिएको, विश्वभरीका सबै फेसबुक, ह्वाट्एप, भाईबर, ईमो, वीच्याट एकाउण्टहरु ह्याक गरेको तथा त्यहाँ का सम्पूर्ण गोप्य कुराकानीहरु सार्वजानिक गर्न शुरु गरेको चेतावनी दिईएको छ ।

रुसि बिज्ञान तथा प्रविधि विभागको हवाला दिंदै समाचार सार्वजानिक भएपछि लाखौं सर्वसाधारणले सम्भावित खतराबाट जोगिन आफ्ना सामाजिक सञ्जालहरु डिएक्टिभ गरिरहेका छन् ।

तर, यो समाचार अर्धसत्यमात्र भएको बेलायती, अमेरिकन तथा रसियन सञ्चार माध्यामहरुले बताएकाछन् । बिबिसीईले भनेको छ– ‘सम्पूर्ण सामाजिक सञ्जाल ह्याक भएको समाचार आंसिकमात्र सत्य हो ।’

फेसबुकले सार्वजानिक गरेको वक्तब्यमा भनेको छ– ‘सेटेलाईटमा अलि बढि समस्या आएकोले केही लाख एकाउण्टहरु चलिरहेका छैनन् । हामी चाँडै समस्याको पहिचान गर्ने आशामा छौं ।’

ह्वाट्एपका प्रमुख कार्यकारी विजेश्वर महादेवनले ट्वीट गरेकाछन्– ‘हाम्रा प्रयोगकर्ताहरुको गोपनियता भंग हुनसक्ने खतरालाई लिएर हामी एकदमै चिन्तित छौं । भगवानसँग प्रार्थना गर्छौं, जति भयो भयो, थप दुर्घटना नहोस् !’

उता नासाका पूर्व प्रमुख ड्यानियल लरेन्सले भने गंभीर कुरा गरेकाछन् । सिएनएनसँग भने– ‘जति नै ढाकछोप गरेपनि मैले सत्य भन्नै पर्छ । यो सबैभन्दा खतरनाक साईबर आक्रमण हो । ह्याकरले ब्यक्तिका नीजि कुराकानीहरु सार्वजानिक गर्दैछन् । जसले ब्यक्ति, परिवार र समाजमा बिध्वंस मच्चाउनेछ ।’

‘कञ्जरभेटिभ ह्याकर’हरुले भने सबै एकाउण्ट ह्याक गरेपनि केही लाख एकाउण्टका कुराकानीमात्र सार्वजानिक गर्ने बताएको छ । भनेको छ– ‘विश्वका प्रत्येक देशका पाँच–पाँच हजार नेता, ब्यापारी, सेलिब्रेटी, पत्रकार, समाजसेवी र सार्वजानिक ब्यक्तित्वका गोप्य कुराकानी सार्वजानिक गर्दैछौं जसले गर्दा जनताले उनिहरुको असली अनुहार देख्न सकुन् ।’

नेपालमा पनि त्यसको प्रत्यक्ष असर पर्ने देखिन्छ । विज्ञान तथा प्रबिधि मन्त्रालयका साईबर प्रमुख चोलाकान्त गैह्रेले भने– ‘केही मन्त्री र सचिवज्यूका गोप्य कुराकानी भन्दै आपत्तीजनक फोटाहरु सार्वजानिक भएकाछन् । हामी अनुसन्धानकै क्रममा छौं । विश्वभरी आएको समस्या हो । त्यसैले केही दिन डिएक्टिभ बस्नु नै राम्रो होला π’

‘कतै यो अप्रिलफूल त हैन !’ हाम्रो जिज्ञासामा साईबरविज्ञ तथा ‘एपहरु’ सफ्टवेयरका प्रमुख कार्यकारी टुरुप संग्रौलाले भने – ‘कहाँ त्यस्तो हुन्छ दाजु ! यो त गजुरियल डटकमले अप्रिलफूल मनाएको होला नि !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com