फोटो दुरुपयोगकर्ताहरु स्कुल भर्ना !

प्रकाशित मिति: १९ चैत्र २०७५, मंगलवार ०५:५५

 

राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर बिगारेर सामाजिक सञ्जालमा पोष्ट्याउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले पाल्पाका २२ बर्षीय निर्मल गैरेलाई भक्तपुरबाट र रुपन्देही शंकरनगरका २३ बर्षीय यामप्रसाद पन्थीलाई चितवनबाट पक्राउ गरेको कुरा अनलाइन खबरले उल्लेख गरेको छ ।

मानव शरीरमा दानवको टाउको जोड्ने, जामालाई पाईजामा, पाइजामालाई थाईजामा भिराएर लिङ्गै परिवर्तन गरिदिने, नेता र नेतृलाई रंगिबिरंगी बनाएर डिस्को नचाउने,अभिनेतालाई  बदनाम गर्ने,  अभियन्तालाई उडाउने, कानून नबुझि सेयर गर्यो कि उसैलालाई फँसाउने, हास्य व्यंग्यको मर्म र धर्ममै अधर्म गर्नेहरु असामाजिक ‘खपराधी’ हुन् । खप्पर आधा भएका कारण  तिनको बुद्दीको अगाडी ‘कु’ पलाएर कुबुद्धि विकाश भएको हाम्रो अनुमान छ ।

फेसबुक सदुपयोगको साटो दुरुपयोग भएर, वेरोजगारीको कारण फुर्सद रहेर, फोटो खिच्ने भाँडा-मोवाईल ठाँडा धेर भएर, पहिले कानून नजानेर,.ऐले कार्यन्वयन नभएर, केहीले उद्श्य नै ठानेर, कसैले रमाईलो मानेर अर्काको शीरमा गिर खेलेका हुन् भन्ने हाम्रो अ-निश्कर्ष छ । अरु पनि कारण हुन सक्छन्, त्यसैले यो अ-निश्कर्ष अथवा अर्ध-निश्कर्ष हो ।

अत: बाङ्गो नियत भएकालाई जेलमा कँज्याउने, दुई-चार डण्डा बजाउने र मिलाएर सोझ्याउनु पर्छ । मन भड्किने घटना चर्किने र पश्चातापले तड्पिनेलाई हप्काउनु पर्छ, दप्काउनु पर्छ र असल नागरिकको जिम्मेवारीमा फर्काउनु पर्छ । आधिकारिक सँस्थाबाट हास्य-व्यंग्य प्रस्तुत गर्दा शैली नपुर्याएको भए बुद्धिको बाणले काण हान्दै कठालो समाएर राम्रो हास्य-स्कुलमा भर्ना गर्नुपर्छ । अनि, हेरेर बस्नु पर्छ, उसले निस्किएर के गर्छ !

-केशव गजुरेल

                                                                   (तस्वीर तानतुन :सामाजिक सन्जाल)
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com