सबै भन्दा कमजोर दाँत !

प्रकाशित मिति: १९ चैत्र २०७५, मंगलवार ०६:१७

!

कर्मचारीलाई बिदा चाहिएको छ, उ बिदा माग्न हाकिमकोमा जान्छ…

कर्मचारी : ‘सर, हजुरको सर्ट धेरै राम्रो छ ।’

हाकिम : ‘तिमीलाई बिदा मिल्दैन ।’

कर्मचारी: ‘हजुरको पेण्ट झनै राम्रो छ, सर ।’

हाकिम : ‘बिदा दिन सक्दिन, सुनेनौ ?’

कर्मचारी : ‘पेन्ट राम्रो भएर के गर्नु, अनुहार कुकुरको जस्तै देखिन्छ !’

बाबु : ( छोराको रिजल्ट हेर्दै) ‘यती थोरै नम्बर ! थप्पड हान्नु पर्ने !’

छोरो : ‘बुबा, मैले त्यो मास्टरको घर देखेको छु, हिँड्नुस्
जाउँ !’

डाक्टर : (विरामीसँग) ‘यत्रो तिन-तिन वटा दाँत कसरी भाँचिए ?’

विरामी : ‘श्रीमतिजीले कडा रोटी बनाइछिन् सर ।’

डाक्टर : ‘कडा देखे पछि खान्न भन्नु पर्थ्यो नि !’

विरामी : ‘खान्न भन्दा त यस्तो भयो, डाक्टर !’

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com