चिट चोर्ने उत्कृष्ट तरिका…

प्रकाशित मिति: २० चैत्र २०७५, बुधबार ०७:३५

चौडाई, केवल दुई इन्चको हेण्डिप्लास्टजस्तो मात्र ! लम्वाई भने पुरै एक फिटको धोती बराबर ! अत्यन्तै मेहनतको श्रृजनासिलता ! सायद ठुलो पेजमा लेख्नु परेको भए यति सुन्दर श्रृजना पक्कै हुने थिएन । मेहनत पनि किन नगरुन्, आखिर अघि बढ्न र सिँढी चढ्न सहयोग पुर्याउने भर्याङ पनि हो यो ।

यसको अझै रमाइलो पक्ष के छ भने, एक फिट कागजलाई बाह्र इन्चमा फ़ोल्ड गरिएको छ । प्रत्येक इन्चको फोल्ड एउटा सुन्दर फुल हो , तर बगैंचाको फुल होईन, टिचरलाई फुल यानेकि मुर्ख बनाउने फुल अर्थात चिट हो !

यो चिट काठमाण्डौमा एउटा परिक्षा केन्द्रको बाथरुमको मा भेटिएको हो , कुनामा थुप्रो लागेको झण्डै एक पाथी चिट मध्येको एउटा सानो अंश हो । यो आकर्षक मेहनतलाई देख्ने जो कोहिलाई पनि एउटा नमूना बोकौँ बोकौँ लाग्छ । एकछिन भए पनि ओर्काई फर्काई हेर्न मन लाग्छ । चर्चा-परिचर्चा गर्ने इच्छा हुन्छ ! आफ्ना पुराना यादसँग मिल्दो भए एक छिन बिगतमा रमाउन रहर जाग्छ ।

सिर्जनशील चिटकारिता देखेपछि भन्न मन लाग्छ- घोक्छौ, सम्झन सक्नेगरी घोक, डिस्टिङ्ग्सन आउनेगरी ठोक ! भरसक चिट खल्तीमा हाल्नु नपरोस्, गार्ड देख्दा फाल्नु नपरोस् । सक्छौ चिट् नचोर, सक्दैनौ चोर तर कलात्मक पाराले चोर । चोर्नु पनि त् एउटा कला हो  ! 🙂

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com