चैत्र २३ अर्थात् फाल-डल्लो-मार-मुङ्ग्रो-दे-दनादन-प्रतियोगिता…

प्रकाशित मिति: २१ चैत्र २०७५, बिहीबार ०२:०३

 

स्वस्ती श्री महात्मा गौतम बुद्धका अनुपम क्रिपाले हाम्रा राष्ट्र्यि वर–बधु श्री धुर्मुस–सुन्तली फाउण्डेसनको आयोजनामा यही चैत्र २३ गते हुन गईरहेको ‘फाल–डल्लो–मार–मुङ्ग्रो–दे–दनादन–प्रतियोगिता’मा सहभागी भई मनोरञ्जन कमाउने, गौतम बुद्ध अन्तराष्ट्रीय क्रिकेट रंगशाला निर्माण तथा आपत् उद्धार पितृमोक्ष अभियानको अभियन्ता बन्ने यस बिषेश सत्संगमा सम्पूर्ण भक्तजनहरुलाई किचनै निम्तो गरिएको छ ।

हास्य शिरोमणि महजोडीको प्रमुख आकर्षकत्व तथा पारस–ज्ञानेन्द सहितका क्रिकेट हिरोमणीहरुको अति आकर्षकत्वमा आयोजना हुने यो कार्यक्रम ‘फाल–डल्लो–मार–मुङ्ग्रो–दे–दनादन–प्रतियोगिता’मात्र हैन, कमेडियनहरुको झकास झाँकी, गायक/गायीकाहरुको भब्य भजन, नायक/नायीकाहरुको नौलो नृत्य, कविहरुको कटाक्ष कविता, नेताहरुको परिष्किृत प्रवचन, अभिनेताहरुको अचम्मको अभिनय पनि रसस्वादन गर्न पनि पाईनेछ ।

सत्संग स्थल : त्रिभुवन विश्व बिद्यालयको खेल मैदान
सत्सङ् समयः बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म

(नोट : कृपया जिन्सी तथा झोल पर्दाथ ल्याउने कष्ट नगर्नुहोला ।)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com