आमाको रिस बाबुमाथि…

प्रकाशित मिति: २६ चैत्र २०७५, मंगलवार ०७:१९

बिरामी : ‘डाक्टर सा’ब, मैले खाना खाइनँ भने भोक लाग्छ, धेरै काम गर्दा थकाई लाग्छ अनि रातमा धेरैबेर बस्यो भने निन्द्रा लाग्छ, म के गरौं ?

डाक्टर : ‘त्यसो भए भरातको टन्टलापुर घाममा सुत्नुस् ।’

😊

कुशलको बाबु दुर्घटनामा परेर अस्पताल गएपछि…

डाक्टर : ‘कुशलजी, तपाईँको बुबाका दुईवटै खुट्टा काट्नु पर्ने भयो ।’

कुशल : (टाउको समाउँदै) उफ्।’

डाक्टर : ‘के भयो ?’

कुशल : ‘हिजाे मात्र एकजोर नयाँ चप्पल किनेको थिएँ !’
😊

बाबु : ‘छोरा, तिमी हिजोआज किन अलि तनावमा छौ नि ?’

छोरो : ‘बुबा, तपाईँलाई यो कुरा म भन्न सक्दिनँ ।’

बाबु : ‘मलाई साथी सम्झेर सबै मनका कुरा भन्न सक्छौ ।’

छोरो : ‘के भनौं यार, तेरी भाउजु मसँग रिसाइ रहन्छे !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com