झिंँगाको भाले र पोथी छुट्याउने तरिका जान्नुस…

प्रकाशित मिति: १ बैशाख २०७६, आईतवार ०३:५६

 

 

टिचर : सागर, तिमीसँग एउटा ढाकीमा ५० दाना स्याउ थिए । २० दाना मैले र ३० दाना म्याथ टिचरले लगे भने तिमीसँग  के रह्यो ?

सागर : ‘म सँग थोत्रे ढाकी सर !’

😊

इन्जिनियर : डाक्टर, यसलाई मैले बाटोमा बेहोस् भेटें, हेर्नुस् त  !

डाक्टर : सरी, यसलाई बचाउन सकिंदैन ।

इन्जिनियर : डाक्टर, एक पटक रिचार्ज गरेर हेर्नुस् न !

😊
साली र भिनाजुकोफोन बार्ता…

साली : के गर्दै हुनुहुन्छ भिनाजु ?

भिनाजु : ‘झिंँगा मार्दै छु !’

साली : ‘कति मार्नु भयो त ?’

भिनाजु : ‘५ वटा मारें, ३ भाले, २ पोथी !’

साली : ‘हा हा हा, कसरी पत्ता लगाउनु भयो, भाले र पोथी ?’

भिनाजु : ‘ह्युस्कीको बोतलमा टाँसिएका भाले, टेलिभिजनमा टाँसिएका पोथी !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com