काठमाण्डौको अपलोड गरेको पानी कतारमा डाउनलोड हुने !

प्रकाशित मिति: ७ बैशाख २०७६, शनिबार ०८:०६

‘नेपाली जनताको भावना अनुसार काम गर्ने म र नेपाली कांग्रेस पार्टी मात्र हो’ -शेर बहादुर देउवा
र, उहाँको नजरमा जनता भन्नाले आफ्ना आसेपासेमात्र हुन् ।

‘नेपालको पानी विदेशमा बेच्न सकिनेमा ढुक्क भएँ’ – मन्त्री वीना मगर
‘र, उहाँको दृष्टिकोणमा पानी गफमात्र बुझ्नुपर्छ  !’

बिष्णु पौडेलको दोश्रो बक्तब्य : ‘बर्दघाटको जग्गा बेचेर बालुवाटारमा किनेको हुँ ।’
र, उहाँको नजरमा बर्दघाटको जग्गा भन्नाले बालुवाटरकै जग्गा हो ।

प्रदेश एक : नाम पनि छैन, दाम पनि छैन !
नाम र दाम नभएपनि खाम् र झ्वाम् यथेष्ट भएको अनुमान !

प्रचण्डको प्रश्न : बाजेको पालामा खाद्यान्न निर्यात, अहिले खै त उत्पादन ?
उत्पादन गर्ने केही जनयुद्धमा सहिद भए, केही त्यसैको कारण बिदेश लागे ।

१३ बर्ष अघि मृत्यु भएका अहेबको पनि समायोजन !
समायोजकको पनि समायोजन गर्नुपर्ने : सुस्तमनस्थिती केन्द्रमा !

दिल्लीबाट नेपाल आएको बसमा बिस्फोटक सामग्री भेटियो
छोड्नेवाला छैनन् !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com