दाँत हल्लाएकाेमात्र यति महँगो…

प्रकाशित मिति: ७ बैशाख २०७६, शनिबार ०८:१३

किरण : (रोहनसँग) ‘बैंकहरुले सेवाग्राहीलाई सहज सुविधा दिएका छन्, हैन त ?’

रोहन : ‘के दिएका छन र ?’

किरण : ‘बस्ने कुर्सी र हेर्ने टिभि समेत !’

रोहन : ‘देख्दा दिएको तर भोग्दा चाँही लिएको हो ।’

किरण : ‘कसरी भन त ?’

रोहन : ‘हामीलाई कुर्सी र टिभिमा भुल्याउने, कर्मचारी घटाएर पैसा बचाउँने !’

😊

डाक्टर : (विरामीसँग) ‘तपाईँको दाँत फुकाल्नु पर्छ ।’

विरामी : ‘चार्ज कति लाग्छ डाक्टर सा’ब ?’

डाक्टर : ‘हल्लाउनु पर्छ, फुकाल्नु पर्छ ।  पुरै दुइ सय लाग्छ ।’

विरामी : ‘लिनुस्  ५० रुपैया, म आफै फुकाल्छु, हल्लाई दिनुस् मात्र !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com