‘आइ लभ यु’ शब्दको प्रयोग चाईनाबाट…

प्रकाशित मिति: ९ बैशाख २०७६, सोमबार ०३:१६

आर्मी अफिसर : (रिक्रुट रोहनले बोकेको बन्दुक देखाउदै) ‘यो के चिज हो ?’

रिक्रुट रोहन : ‘यो बन्दुक हो सर !’

आर्मी अफिसर :  यो बन्दुकमात्र होइन, यो तिम्रो जिवन हो । आमा हो । बाबु हो । यसैमा अडिने छ, तिम्रो जिवन ।

अफिसर : (किरणसँग) ‘तिमी भन त यो कै हो ?’

किरण : ‘यो रोहनको जिवन हो, उसकी आमा अनि बाबु पनि हो सर !’
😊
पत्नी : (पतिसँग) हिजो गुलाफको फूलबुट्टे साडी लगाएर पार्टीमा गएकी थिएँ । मानिसले कति धेरै प्रशंसा गरे । तर हजुरले प्रशंसामा एक शब्द पनि बोल्नु भएन ।

पति : ‘फूलको मुनि काँडा पनि हुन्छन् भन्ने नबुझेका मानिस रहेछन ति !’
😊
शिक्षक : (विद्यार्थीसँग) ‘ल भन त, ‘आइ लभ यु’ शब्द प्रयोग कुन देशबाट भयो होला ?’

विजय : ‘चाईनाबाट हुनुपर्छ सर !’

शिक्षक : ‘कसरी र किन ?’

विजय : ‘आनन्द हुन्छ सुन्न, ग्यारेन्टी कहिल्यै हुन्न । चले चल्ला, नचले अण्डा !’
😊
राहुल र किरण ब्यवसायिक कुराकानी गरिरहेका थीए ..

राहुल : ‘के कुरा गरौं किरण, मलाई त मेरी श्रीमतिले नै लखपति बनाएकी हुन् ।’

किरण : ‘तँ त खुशी हुनु पर्ने, उनैसँग रिसाउने कारण के ?’

राहुल : ‘किन कि म त्यो भन्दा पहिला करोडपति थिएँ

फोटो:सामाजिक सन्जल्बाट ल्याएको, यहाँ पोस्ट्याएको

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com