माग्नेहरुको पनि रेट तोकियो…

प्रकाशित मिति: १० बैशाख २०७६, मंगलवार ०४:२१

श्रीमति : (श्रीमानसँग फोनमा) ‘हजुर, कहाँ हुनुहुन्छ ?

श्रीमान : ‘पोहोर हामी एउटा गहना पसलमा गएका थियाैं नि !’

श्रीमति : ‘हजुर हजुर !’

श्रीमान : ‘हामीले एउटा हीराको औंठी पनि हेरेका थियौं नि !’

श्रीमति : ( खुशी हुँदै) ‘हजुर हजुर, अनि के गर्न लाग्नु भएको त ?’

श्रीमान : ‘हो त्यो पसल छेवैको एउटा सैलुनमा कपाल काट्दैछु !’
😊

भिखारी : ‘पहिला हजुरले १०० रुपैयाँ दिनु हुन्थ्यो । केहि पछि ५० दिन थाल्नु भयो । फेरि पछि २५ र ऐले १० मात्र दिन थाल्नु भयो, किन ?’

विष्णु : ‘पहिला म अविवाहित थिएँ, रु. १०० दिन्थें । विहे गरेँ, ५० दिएँ । छोरो भयो, रु. २५ र थप छोरी जन्मिइन्,  त्यसैले १० मात्र !’

भिखारी : ‘कुरा बुझें, तपाईँ मेरै पैसाले घर चलाउदै हुनुहुँदो रहेछ !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com