सुँघ्ने काम बन्द गर्नोस्, पसिना नआउनु पनि रोग हो !

प्रकाशित मिति: ११ बैशाख २०७६, बुधबार ०२:२५

 

 

शिक्षक : ‘उत्पल, तिमी स्कुल किन ढिला आयौ ?’

उत्पल : ‘सडकमा लगाएका होडिङ बोर्डका कारण सर !’

शिक्षक : ‘किन र ?’

उत्पल : ‘वोर्डमा लेखेको छ – अगाडी विद्यालय छ, विस्तारै जानु होला !’

😊

पत्नी :(पतिसँग) ‘हिजो तपाईँ किन छिमेकीसँग फिल्म हेर्न जानु भएको ?’

पति : ‘ हिजोआजका फिल्महरु परिवारसँग बसेर हेर्न लायककै छैनन्, के गरौँ त !’

😊

विरामी : ‘डाक्टर सा’ब, तपाईँले मेरो अधिकांस समस्या ठिक बनाउनु भयो तर एउटा बाँकी रह्यो ~!’

डाक्टर : ‘कुन समस्या ?’

विरामी : ‘मेरो शरीरबाट कहिल्यै पसिना आउँदैन डाक्टर सा’ब !’

डाक्टर : ‘चिन्ता नलिनुस्, ऐले सम्मको विल देख्नासाथ आउन थाल्छ !’

😊

गुरुले भुन्टेकि आमालाई डायरीमा नोटिस लेखे – ‘भुन्टेलाई दैनिक नुहाएरमात्र स्कुल पठाउनुस् ।’

भुन्टेकी आमाले गुरूलाई उत्तर पठाईन् – ‘भुन्टेलाई पढाउने गर्नूस्, सुँघ्ने काम बन्द गर्नुस् !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com