साबधान ! सर्जनले बिसर्जन गर्न सक्छ 

प्रकाशित मिति: १५ बैशाख २०७६, आईतवार ०४:०३

रीता : (पसलेसँग) ‘मलाई एउटा काईयो दिनु  त । काईयोको एउटा दाँत भाँचियो ।’

पसले : ‘एउटा दाँत भाचिंदा नयाँ किन किन्नु पर्यो ? काम चलिहाल्छ नि !’

रीता : ‘आज भाचिएकै दाँत अन्तिम थियो क्या !’

दु:खिलाल काठमाण्डौमा जागिर नपाएर रित्तो हात घर फर्किन गाडी चढेपछि।।।

बस कण्डक्टर : ‘भाई भाडा देउ त !’

दुखालाल : ‘गरिब छु, बासी रोटी र अचारमात्र खान्छु !’

बस कण्डक्टर : ‘भाडा निकाल भनेको सुनेनौ !’

दुखिलाल : ‘दु:खी मान्छे हजुर, साग, दाल र रोटीमात्र खान्छु !’

कण्डक्टर : ( रिसाउँदै) ‘के म चाँहि गोबर खान्छु र ?’

दुखिलाल : ‘तपाईं त ठुलो मान्छे खानु हुन्छ होला नि !’

विरामी : ‘अप्रेशन ठिक सँगले गर्नुस् है डाक्टर सा’ब  !’

डाक्टर : ‘यस्तो किन भन्नु भएको ?’

विरामी : ‘किनकी, सर्जन र बिसर्जनमा थोरैमात्र फरक छ । यदि अप्रेशन ठिक भयो तपाईँ सर्जन, तपाईंको हात तलमाथि भयो कि मेरो जिवन बिसर्जन !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com