सत्ता पक्ष प्रतिपक्ष दोहरी ब्याटल….

प्रकाशित मिति: १८ बैशाख २०७६, बुधबार ०३:३४

प्रतिपक्ष र सत्तापक्षको दोहोरी चलिरहेको छ । एकले अर्कालाई भाका हाली रहेकाछन् । खोजिखोजि जवाफ फर्काइ रहेकाछन् ।
प्रतिपक्ष भन्छ – यो सरकारले ५ बर्ष खाने भयो, त्यसैले  निरंकुश शासनमा जाने भयो । चुनावी भाषणमा आश्वासन बाँड्यो, एक बर्ष बित्दा के खालो सार्यो !  कुरा गर्ने सरकार सदाचारको, देशैभर हल्ला भ्रष्टाचारको  !  बिरोधि स्वरहरु हुदैछन सफल, यो  सरकार बन्यो पुर्ण त असफल  

फोटो साभार:सामाजिक सन्जाल 

सरकार जवाफ फर्काउँछ – २० बर्ष तिमीले खाएकै हो । जितेर हामी आएकै हो । भ्रष्टाचार भएको पहिले हो । छानविन गर्या ऐले हो । दोषको भागि तिमी  छौ । सुरुवात गर्ने आफैं नै हौ ।
वाइडबडी मुद्दा सनसनी, देउवालाई ज्वरो हनहनी ! बालुवाटार मुद्दा रनक्क, तानियौ तिमी नि तनक्क !

हिजो चाँहि रामराज्य कहाँ थियो ! आज त्यो छिन्मै सिद्दियोस् !
हिजो पोखेका थियौ, आज उठायौं, लडाएका थियौ, ठड्यायौं । च्यातेको ठाउँमा सिलायौं । नमिल्या कानून मिलायौं । ताना र बाना मिलाउँदै, एक बर्ष त्यसै बिताउँदै । ४ बर्ष बाँकी छ काम गर्न आखिर हामीले जितेकै हो ।

अब सानो ब्रेक ।ब्रेक पछि फेरि भेटौला  ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com