चिया नपकाउँदा घाँटी थिच्ने पति …

प्रकाशित मिति: २० बैशाख २०७६, शुक्रबार ०४:२८

पति : (पत्नीसँग)’एक कप चिया बनाउ त ।’

पत्नी : ‘आफै बनाएर खानुस् !’

पति : ‘मलाई डँडाल्नो दुखेको छ ।’

पत्नी :  ‘मेरो पनि घाँटी दुखेको छ ।’

पति : ‘त्यसोभए यहाँ आउ, तिमी मेरो डँडाल्नो थिच, म तिम्रो घाँटी थिचिदिन्छु  !’

😊
मुकेश : (फुकेशसँग) ‘तँ श्रमतीलाई प्रेमले बोलाउँदा के भन्छस् ?’

फुकेश : ‘गुगल डार्लिङ भन्छु !’

मुकेश : ‘किन गुगल भनेको त ?’

फुकेश : ‘एउटा प्रश्न गर्दा १० उत्तर दिने भएर !’

😊

बाबु : छोरी, तिमी दिनभर कहाँ गएकी थियौ ?

छोरी : सपिङ महलमा ‘बाबा’ ।

बाबु : ‘के के लियौ त ?’

छोरी : ‘एउटा हेयर बेण्ड र पचास सेल्फी !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com