तास खेल्नोस् तर एकदिन बिराएर – विज्ञहरु

प्रकाशित मिति: २२ बैशाख २०७६, आईतवार ०३:५१

डाक्टर : ‘तपाईँलाई थाहा छ, रक्सी एउटा मन्द विष हो । यसले मान्छेलाई बिस्तारै मृत्युको मुखमा पुर्याउछ !’

बिरामी : ‘ठिक छ डाक्टर सा’ब, मलाई पनि चाँडो मर्नु छैन !’

😊

पति : ‘म तास खेल्न गएँ भनेर नरिसाउ न, आखिर युधिष्ठिर पनि जुवा खेल्थे !’

पत्नी : ‘ठिक छ, जानुस् ! तर, याद राख्नुस् – द्रौपदीका पनि ५ पति थिए नि !’

😊

बाबु : ( छोरासँग) ‘हेर् छोरा, जुवा तास खेल्नु हुदैन ।’

छोरा : ‘किन खेल्नु हुदैन बुबा ?’

बाबु : ‘यो कहिल्यै अन्त्य नहुने कुरा हो, आज जितिन्छ भोलि हारिन्छ, पर्सि जितिन्छ,निकपर्सि हारिन्छ ।’

छोरा : ‘बुझेँ बुबा, एकदिन बिराएर खेल्नु पर्ने रहेछ !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com