यसरी खुवाइन्छ १ रुपैंयामा अण्डा, टेण्डरकर्ता समानित !

प्रकाशित मिति: २२ बैशाख २०७६, आईतवार ०५:१२

एउटा अण्डाको जम्मा एक रुपैंया ! दुनियाँमा यो सम्भव छ ? दुनियाँमा असम्भव भएपनि नेपालमा सम्भव रहेछ । तर, रियलमा होईन-टेण्डरको कागजमा !

वीर अस्पतालमा प्रत्येक चिजको १ रुपैंयामा दिने भन्दै टेन्डर हाल्ने ठेकेदारले पप्पूलाई पप्पुलाई समेत चुनौती दिएका छन् । संसारमै असम्भव कुरालाई निशंकोच टेण्डर हाल्ने यस्ता ठेकेदारलाई संयुक्त राष्ट्रसंघको विश्व खाध्य कार्यक्रमले सम्मान गर्ने खतरा छ ! आखिर यति सस्तोमा कसरी सम्भव भयो त !?

प्रश्तुत छ – टेण्डर हाल्ने कम्पनीका ठेकेदार र टेण्डर पार्ने अस्पतालका च्याँखेदारको भनाई जस्ताको तस्तै:

‘एक रुपैंया भन्ने, बिस पल्ट गन्ने,
सियो बनेर पस्ने, फालि बनेर निस्कने । 
के हो ?
झुठको टेण्डर !’

‘फरक दाँत हात्तीका देखाउने र चपाउने,
छिर्नमात्र पाउँ, थाहा छ- कसरी मर्काउने ।
के हो ?
अस्पतालको टेन्डर !’

‘चोरलाई चौतारो बाँदरलाई लिस्नु,
कर्मचारी पट्याउनु मिलेर घिच्नु ।
के हो ?
मिलेमतोमा टेण्डर !’

‘गर्नेलाई भन्दा देख्नेलाई लाज,
सस्तो बेसाहा पखाला लाग् ।
के हो ?
सस्तोमा टेण्डर !’

‘ठाँटको निम्तो खाई पत्याउनु,
ठगदारको टेन्डरलाई लत्याउनु ।
के हो ?
टेन्डर क्यान्सिल हुन् !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com