भत्किएको कांग्रेस पार्टीको मर्मत कार्य शुरु, आगामी चुनावमा पहिलो पार्टी हुने पक्का ! (भिडियो सहित)

प्रकाशित मिति: २७ बैशाख २०७६, शुक्रबार ०३:४०

 

नेपाली कांग्रेस आगामी चुनावमा पहिलो पार्टी बन्ने निश्चित भएको छ । दुवईबाट हाम्रा समाचारदाता गुरु प्रसाद लेख्छन्– ‘सिन्धुपाल्चोकमा भएको कांग्रेसी भिडन्त नै पहिलो पार्टी बन्ने बलियो संकेत हो ।’

सिन्धुपाल्चोकबाट कांग्रेस भिडन्तको एउटा भिडियो सार्वजनिक भएको छ । त्यसमा पौडेल पसल र देउवा दोकानका सेल्समेनबिच लोकतान्त्रिक लफडा भएको देखिन्छ ।

सत्तापक्षीय सञ्चार माध्यामले यसलाई कांग्रैसको खिच्चा-तानी भनेका छन् । तर, कांग्रेसका एक नेता नेता दोहन बस्नेत नाम नबताउने शर्तमा भन्छन्– ‘आगामी चुनावमा अरिङ्गालस“ग लड्ने तरिकाको रिहर्सलमात्र हो, पार्टीभित्र कांग्रेस पसेको हैन ।’

‘आपसमा लडेर बहुदलीय ब्यवस्था बलियो हुन्छ त ?’ प्रवक्ता भिश्व प्रकास शर्माको घरमा संपर्क गर्यौं । शर्माले मर्म खोले, ‘यो बहुदलीय ब्यवस्था हैन, बाहुबलिय ब्यवस्था हो । बाहुबल नै भएन भने समाजवादमा पुग्न सकिन्न ।’

सो रिर्हसलमा कांग्रेसका दुईजना कार्यकर्ताको राम्ररी मर्मतभएको छ । ‘रिहर्सलपनि यस्तो खतरा हुन्छ त ?’ घटनाका घाईतेलाई हामीले सोध्यौं । ‘रिहर्सल त यस्तो छ भने वास्तविक प्रदर्शन कस्तो होला, प्रतिक्षा गर्नोस् न !’

पहिलो पार्टी बन्ने नेपाली कांग्रेसको यो अध्यासलाई देश–बिदेशका बिभिन्न ठोकतान्त्रिक शक्तिहरुले ऐक्यवद्धता जनाएका छन् ।

*डिस्क्लेमर
गजुरियल डटकम नेपालको एकमात्र सटायर न्यूज अनलाईन हो । हाम्रा समाचारहरु अर्धसत्यमात्र हुन् । यसमा प्रकाशित सामाग्रीहरु कसैको बानी, ब्यहोरा र शैलीसंग मेल खान गएमा संयोगमात्र हुनेछैन, भुल सुधान गर्ने सुन्दर अवसर पनि बन्नेछ  । ब्यंग्य, आलोचना र सुझावलाई ‘निम्छरो कुण्ठा’ ठानेर खाँबो चिथर्नेहरुलाई श्री पशुपतिनाथले कल्याण गरुन् !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com