आत्महत्या गर्नु अघि छुरी उमाल्नुको अर्थ….

प्रकाशित मिति: ३० बैशाख २०७६, सोमबार ०४:१५

शिक्षक : ‘टुल्की, अस्ति तिमीले ५० दाना सुन्तला किन्यौ, १५ आमालाई, १५ मामालाई दियौ । भन तिमीसँग कति रहे ?’

टुल्की : ‘म सँग १० दाना रहे सर !’

शिक्षक : ‘गलत ! बाकी १० दाना कहाँ हराए ?’

टुल्की : ‘मैले हिजै खाएँ सर !’

😊😊😊

डाक्टर झंटु : (विरामीसँग) ‘सरी, मैले तपाईँलाई बचाउन नसक्ने भएँ । तपाईँको अन्तिम इच्छा केहि छ ?’

विरामी : ‘छ, डाक्टर सा’ब !’

डाक्टर झंटु : ‘के छ, भन्नुस् त ?’

विरामी : ‘एउटा असल डाक्टर भेटेरमात्र मर्ने !’

😊😊😊

रोहन : ‘ प्रकाश तैंले के गरेको ?’

प्रकाश : ‘छुरी उमालेको !’

रोहन :(आश्चर्य मान्दै ) ‘किन उमालेको त यो छुरी ?’

प्रकाश : ‘आत्मा हत्या गर्न !’

रोहन : ‘आत्माहत्या गर्नै छ त किन छुरी उमाल्ने ?’

प्रकाश : ‘पछि इनफेक्सन नहोस् भनेर !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com