मच्छड्हरु मलामी गएपछिको मज्जा….

प्रकाशित मिति: १ जेष्ठ २०७६, बुधबार ०४:२५

बिरु : ( जितुसँग) ‘किन दिक्क मानेर बसेको यार ?’

जितु : ‘एउटा कुराले मलाई सोच्न बाध्य बनाको छ ।’

बिरु : ‘के कुराले भन त ?’

जितु : ‘मनमा हड्डि नै हुदैन, तर कसरी भाँचिन्छ ?’
😊😊
बच्चा : ‘साहुजी, डिटोल साबुन छ ?’

पसले : (नाँकबाट औंलो निकाल्दै) ‘अवश्य, छ नि !’

बच्चा : ‘त्यसोभए हात धोएर एउटा क्रिमरोल दिनुस त !’
😊😊
फुच्ची : (डल्लीसँग) मच्छड्ले हैरान गर्यो यार सुत्नै पाइएन, के गरौं ?

डल्ली : ‘एउटा काम गर, सुत्नु भन्दा अगाडी एउटा मच्छड मार्ने गर, अरु बाँकी मच्छड् त्यसको मलामी जान्छन , तँ मज्जाले सुत् !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com