थाहा पाउनुस् मन कहाँनिर हुन्छ !

प्रकाशित मिति: १० जेष्ठ २०७६, शुक्रबार ०४:५४

 

शिक्षक : ‘कति बर्षको भयौ ?’

बिद्यार्थी : ‘विद्यालयको दर्ता किताबमा हेर्नुस् !’

शिक्षक : ‘कस्को छोरा हौ ?’

बिद्यार्थी : ‘ बिद्यालयको दर्तामा हेर्नुस् !’

शिक्षक : ‘बुबा र आमा मध्ये कस्लाई बढी माया गर्छौ ?’

बिद्यार्थी : ‘मेरो मनलाई सोध्नुस् सर !’

शिक्षक 🙁 अलि रिसाउँदै ) ‘महासय, तिम्रो मन चाहीँ  कहाँ छ ?’

बिद्यार्थी :  ‘पृय गुरुदेव, हजुरकी छोरीलाई सोध्नुस् !’

😊😊

आमा : (छोरीसँग) ‘छोरी लिपिस्टिक लगाएर कहाँ जान लागेकी ?’

छोरी : ‘कलेज जान लागेकी आमा ।’

आमा : ‘छोरी, विवाह गर्न कुनै केटा रोज्या छ्यौ ?’

छोरी : ( खुशीहुँदै) ‘हो आमा ! मैले रोजेको छ ।’

आमा : ‘त्यो अभागिलाई भनिदेउ – मेरो विवाह कृष्णमोहनको छोरासँग हुँदैछ !’

😊😊

रोहन : ‘किरण, चुनाव दुई चरणमा हुन्छ भन्छन्, यो के भनेको हो ?’

किरण : ‘ए त्यो भनेको ! चुनाव अघि जनताको चरणमा नेताको शरण, चुनाव पछि नेताको चरणमा जनताको शरण भनेको क्या !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com