सर्वाधिक खोजिएकी केटी भेटिइन् !

प्रकाशित मिति: १६ जेष्ठ २०७६, बिहीबार ०४:०५

शिक्षक : ‘हेर बाबु हो, साँचो मनले प्रार्थना गर्यौ भने अवश्य सफल भइन्छ ।’

रोहन : ‘मलाई विश्वास छैन सर । यदि त्यस्तो हुँदो हो त तपाईँ मेरो ससुरा भइसक्नु हुन्थ्यो !’
😊

जनक : (पसलेसँग) ‘अनुहार गोरो बनाउने क्रिम छ साहुजी ?’

पसले : ‘हजुर, छ ।’

जनक : ‘अनि किन तपाईले नलगाउनु भएको त ? तपाईको अनुहार देख्दै डर लाग्छ मलाई !’

😊

युवती : (युवकसँग) ‘मसँग विवाह गर्नु हुन्छ ? म देशैभर डिमाण्ड भएकी केटी हुँ !

युवक : ‘तिमी को हौ ?’

युवती : ‘समृद्धि !’

 

फोटो:(साभार सामाजिक सन्जाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com