पोहोर- ‘खै बृद्धभत्ता ?’, अहिले- ‘अनुत्पादक ठाउँमा कनिका छर्ने ?’ -बजेटमाथि बिपक्षी

प्रकाशित मिति: १७ जेष्ठ २०७६, शुक्रबार ०२:४६

पोहोरको बजेटमा कर्मचारीको तलब नबढेपछि विपक्षले भन्यो- ‘सरकारले राष्ट्रसेवकमाथि अन्याय गरेकको छ ।’ यस पटक तलब बढ्यो तरपनि विपक्ष खुशी भएन । भन्यो- ‘कर्मचारीको तलव बृद्धिले महंगी आकासिने भयो, हामी घोर भत्सर्ना गर्दछौं !’

पोहोर बृद्ध भत्ता बढेन, बिपक्षी जंगीए- ‘बृद्धभत्ता बढाउने भनेर ढाँट्ने, खोइ त बढाएको ?’ यस पटक ड्याङ्गै बढ्यो, बिपक्षी पड्किए- ‘अनुत्पादक ठाउँमा कनिका छरै झैं रकम बाँडेर समृद्धि आउँछ ?’

‘नेकपाको घोषणापत्रमा लेखिए अनुसार बजेटमा खोई आयो त ?’ पोहोरको बिपक्षी प्रतिक्रिया ! ‘बजेट भनेको कम्युनिष्टको चुनावी घोषणापत्र लागु गर्ने माध्यामजस्तो देखियो, राम्रो होईन !’ यस पटकको प्रतिक्रिया

पोहोर दिर्घकालीन योजना सहितको बजेट आयो । बिपक्षीको प्रतिक्रिया यस्तो थियो- ‘सपना बाँडेर जनताका तत्कालिन आवश्यकतालाई नजर अन्दाज गर्ने ?’ बिपक्षीपनि खुशी होलान भनेर यसपटक तत्कालिन बजेट आयो । तर विपक्षको आक्रोस आउँछ- ‘राष्ट्रीय ढुकुटीको रकम यसरी कनिका झैँ छर्न मिल्दैन ।’

पोहोरको बजेटप्रति विपक्ष प्रतिक्रिया थियो – ‘यो बजेट अपरिपक्व, अब्यवहारिक ढंगले आएको छ ।’ नयाँ बजेट आउँछ । विपक्षको भनाई हुन्छ- ‘यो बजेट बडो कुटिल ढंगले पपुलिस्ट बन्ने अभिप्रायले आएको छ ।’

विपक्षले ‘कालो’ भन्दा सरकारले त्यसलाई सेतो भन्ने ! सरकारले सोझो ल्याउँदा विपक्षले बाङ्गो देख्ने ! यो रोग हो कि उपचार हो, बुझ्ने गाह्रो भयो त !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com