शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण, खानपिन मुक्तिमोर्चालाई बधाई !

प्रकाशित मिति: १९ जेष्ठ २०७६, आईतवार ०४:२८

 

‘मैले अन्तरवार्तामा पार्टी एकताको बेला भएका सहमतिको स्मरण मात्र गरेको हुँ ।’ -प्रचण्ड
मनको कुरो मुखले बोलेको मात्र हो , प्रधानमन्त्री बन्ने रहर खोलेको मात्र हो !

‘निर्मला पन्तको हत्यारा बालुवाटार मै छ ।’ – शेखर कोइराला
मदनको हत्यारा बालुवाटार मै छ, भनेका थिए पहिले,  उस्तै कुरा उठाएर स्वाद फेर्दैछन् ऐले !

क्रिकेट रंगशालामा डोजर : के हो विवादको चुरो ?
आगोको झिल्को उडाइहले पहिले, हुर्र बल्दा देखि हाले, निभाए ऐले !

बजेटमा छायाँ अर्थमन्त्रीको टिप्पणी : भवितव्यमा परूँला कि भन्ने चिन्ता देखियो
बिरुद्धमा बोलौuni

बजेट राम्रै आयो, नबोलौं भने कम्युनिष्टले खायो !

बामदेव र प्रचण्ड एउटै लाइनमा, नेकपाको सचिवालय बैठक सर्यो ।
पदको स्वाद पहिल्यै पाएका, ऐले प्रम, उप’ नपाएकाले सहकार्यमा धाएका !

त्रिभुवन विश्विवद्यालय, शिक्षण अस्पतालमा कलेजोको सफल प्रत्यारोपण
पिउने, तान्नेहरु उत्साहित हुने खतरा !

 

फोटो:(साभार सामाजिक सन्जाल्)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com