चौडाई केवल दुई इन्च मात्र छ ।

प्रकाशित मिति: २२ जेष्ठ २०७६, बुधबार १४:०३

चौडाई केवल दुई इन्च मात्र छ । लम्वाई भने पुरै एक फिटको धोती बराबर छ । अत्यन्तै मेहनतको श्रृजनासिल्प प्रस्फुटन् भ एको  देखिन्छ । सायद ठुलो पेजमा लेख्नु परेको भए यति सुन्दर श्रृजना पक्कै हुने थिएन । मेहनत पनि किन नगरुन् त आखिर  अघि बढ्न र सिँढी चढ्न सहयोग पुर्याउने चिट्कटे भर्याङ पनि  हो, यो । यसको अझै आकर्षक पक्ष के छ भनें एक फिटलाई बाह्र इन्चमा परिणत गरिएको छ । प्रत्येक इन्चको फोल्डलाई खोल्दा  कुनै आकर्ष कागजी फुल भन्दा कम देखिन्न ।
यो, त्रि वि ले सञ्चालन गरेको परिक्षामा काठ्माण्डौको एउटा केन्द्र रहेको कलेजको बाथरुमको कुनामा थुप्रो लागेको झण्डै एक मानो चिटकट्टी मध्येको एउटा अंश हो । यो आकर्षक मेहनतलाई देख्ने जो कोहिले पनि उठाएर एउटा नमूना बोक्ने छ । एकछिन भए पनि ओर्काई फर्काई गर्ने छ । चर्चा परिचर्चा गर्नेछ । आफ्ना पुराना यादसँग मिल्दो भए एक छिन भए पनि आफैदलाई समिक्षा समेत गर्न सक्नेछ ।

यसलाई देखेपछि, यति सम्म लेखेपछि केहि त भन्न पर्छ । सक्छौ चिट् नलेख, सक्दैनौ लेख तर मेहनतले लेख । लेख्दा लेख्दै घोक्ने गरि लेख, मथिंगलमै बोक्नेगरी लेख । भरसक खल्तीभित्र राख्नु नपरोस्, गार्ड देख्दा काप्नु नपरोस् । संसार देख्ने श्रृजनालाई गौंडीभित्र फ्याँक्नु नपरोस् !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com