पुदिना नचिन्दा बाबु-छोरा नै घर निकाला !

प्रकाशित मिति: २५ जेष्ठ २०७६, शनिबार ०५:३७

रोहन : ‘तिम्रो आँखा किन सुन्निएको छ किरण आज ?’

किरण :‘हिंजो मेरी श्रीमतिको बर्थडेको केक लिन गएको थिएँ ।’

रोहन : ‘केक ल्याउने कुरा र आँखा सुन्निनुको प्रशंग अलि मिलेन नि !’

किरण : ‘उनको नाम तपस्या हो । तर, पसलेले Happy Birth Day ‘समस्या’ लेखेछ । उनि म सँग जिस्किइँन !’

😊😊

बिरेन : ‘भोली ‘जु’ मा बाघ हेर्न जाउँ है धिरेन !’

धिरेन : ‘हुन्छ, तर म बुढी र सालीलाई पनि लिएर आउँछु ।’

बिरेन : लिएर आइज । यदि बुढी र साली दुबै बाघको खोरमा खसे भने तँ कसलाई बचाउँछस्  ?’

धिरेन : ‘म त बाघै बचाउँछु यार, बाघकको सँख्या कति नै छ र नेपालमा !’

😊😊

बाबु : ( छोरासँग रिसाउँदै) ‘तैले कहिल्यै ढंग पुर्याएर काम गरिनस् । पुदिना टिपेर ले है भनेको धनियाँ लिएर आएछ ।
तँलाई त घरबाट निकाल्नु पर्ने !’

छोरा : ‘हिंडनुस बाबा तपाईँ  र म सँगै घरबाट निस्कौं !’

बाबु : ‘म किन निस्कनु ?’

छोरा : ‘आमाले भनेको यो मेथी रहेछ !’

तस्वीर:साभार सामाजिक सन्जाल
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com