हँसाउने मान्छे हिरासतमा ! सुहाएन, भूलचुक लिनोस् / दिनोस् ।

प्रकाशित मिति: २९ जेष्ठ २०७६, बुधबार १४:५५

फरक फरक शैलीका कमेडियनहरु आई रहेकाछन् र आउनुपनि पर्छ । मिम नेपालका प्रनेशले पनि नयाँ शैलीमा ब्यंग्य गर्न खोजेको देखिन्छ जुन नेपाली समाजकालागि नितान्त नौलो हो । नौलो प्रयोग भएकाले उनले भाषामा शुद्धता, हास्यमा स्वश्थता र ब्यंग्यमा शिष्टता अपनाउनु पर्ने देखिन्छ । तर, ब्यंग्य गरेकै भरमा कुनैपनि कमेडियन हिरासतमा थुनिनु सुखद कुरो हैन ।

समिक्षात्मक शैलीको यो हास्यव्यंग्यले सिनेमा पक्षलाई चित्त दुख्नु स्वभाविक हो । किनभने भिडियोमा प्रश्तुत भएका कतिपय शब्द र दृष्यले हाँसोभन्दा आक्रोस आउँछ । तर, सिनेमा पक्षले यसलाई नियतभन्दा पनि प्रनेशको सिर्जनागत त्रुटीका रुपमा बुझिदिनु पर्छ । एउटा उर्जावान कमेडियनलाई हतोत्साही हैन, सुझाव हौसला प्रदान गर्नुपर्छ ।

जाहेरीवाला र आरोपी दुबै एउटै क्षेत्रका हुन् । दुबैको उद्धेश्य दर्शकलाई मनोरञ्जन दिनु हो । प्रहरी प्रशासनले पनि उनिहरुलाई जुधाउने हैन, मिल्ने वातावरण बनाउनुपर्छ । भर्खर हास्यव्यंग्य क्षेत्रमा उदाउंदै गरेको एउटा सिर्जनशिल युवा नियतीको शिकार नबनोस् । यथासक्य चा“डो बाहिर आओस् । आत्मविश्वास र उर्जा सहित हाँसोस् र हँसाओस् । भूलचुक लिने दिने ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com