मन हँसाउने तिन चुड्किलाहरु  !

प्रकाशित मिति: ४ असार २०७६, बुधबार ०२:५४

विरामी : ‘डाक्टर सा’ब, मलाई विहानै देखि टाउको दुखेको छ ।’

डाक्टर : (नाडी छाम्दै) ‘तपाईँको नाडी त ठिक छ, घडी झैं मज्जाले चलेकै छ त !’

विरामी : ‘डाक्टर, तपाईँको औलाले मेरो नाडीमा हैन, घडीमा समाएको छ !’

😊😊

पत्नी : (श्रृङ्गारले सजिएर) म कस्ती देखिएँ भन्नु त ?

पति : ‘सुन्दर ! लाग्छ, कतै बगैंचामा लगेर छोडिदिउँ !’

पत्नी : ‘यस्को मतलव ?’

पति : ‘पुतली जस्ती !’

😊😊

प्रेमिका : ( प्रेमीसँग) ‘मैले पर्स बिर्सेर आएँछु, १००० देउ न मलाई ।’

प्रेमी: ‘यति सानो कुरा ? यो १५ रुपैंया लिएर गाडी चढेर जाउ अनि लिएर आउ !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com