विधेयक फिर्तापछि सरकारलाई सोधियो चार कडा प्रश्न 

प्रकाशित मिति: ४ असार २०७६, बुधबार ०५:०१

 

अन्तत: सरकारले गुठी बिधेयक फिर्ता लिएको छ- जुन लिनै पर्थ्यो । बिधेयक फिर्ता लिएपछि हामीहरु चुपचाप छौं- सरकार पछाडी हट्यो, हामी अगाढी बढ्यौं भन्दै । तर यो चुपचाप बस्ने हैन, प्रश्न सोध्ने बेला हो । समर्थन र बिरोधका लागि भन्दापनि देशको हितकालागि प्रश्न सोध्नु पर्छ । मलाईपनि केही प्रश्न सोध्न मन लागेको छ, सरकारलाई ।

-हतारमा बिधेयक ल्याउने र लातारमा फिर्ता लाने सरकारी कार्य सोध्न मन लागेको छ-  हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने सरकारी बानी कहिले अन्त्य होला सरकारज्यु ?

-विभिन्न समयका निर्णयहरुको समिक्षा गर्दा सोध्न मन लाग्छ- निशाना नलगाई अँधेरोमा झट्टी हान्ने चलन कहिले रोकिएला सरकार ?

-सरकारका प्रबक्ताज्युको  ‘विधेयकबिरोधीहरु सामन्ती हुन्’ भन्ने गोकुलबाणी सुन्दा सोध्न मन लाग्छ- मुखमा तातो पिँडालु हालेर हतार हतार कहिलेसम्म बोल्नु हुन्छ ?

-रकमान्तर गरेर ओली र प्रचण्डको क्षेत्रमा सडक बनाईयो भन्ने समाचार सुन्दा प्रश्न गर्न मन लाग्छ- ‘जसको शक्ति उसको भक्ति, मह काड्यो, हात चाट्यो’ भन्ने कुरा कुन मार्क्सबादमा होला ?

तस्वीर : साभार सामाजिक सन्जालबाट

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com