बच्चा-बच्चीले यसरी धेरै कुरा सिक्छन

प्रकाशित मिति: १२ असार २०७६, बिहीबार ०४:१८

फुच्चे छोरो : ‘बुबा, हावा कहाँबाट बहन्छ ?’

बाबु : ‘मलाई थाहा भएन ।’

छोरो : ‘कुकुर किन भुक्छ ?’

बाबु : ‘थाह छैन ।’

छोरो : ‘पृथ्वी किन घुम्छ बुबा ?’

बाबु : ‘यो पनि थाहा छैन ।’

छोरो : ‘मैले धेरै सोधें, तपाईँलाई दिक्क लाग्यो हो ?’

बाबु : ‘हैन छोरा, तिमीलाई मन लागेको सोध, हैन भने तिमिले केहि सिक्ने छैनौ !’

😊😊

पत्नी : ‘तपाईँ कहिल्यै ध्यानले काम गर्नु हुन्न !’

पति : ‘मैले त्यस्तो के गल्ती गरेको छु र ?’

पत्नी : ‘हिजो तपाईँले ग्यास फेर्नु भएको होइन ?’

पति : ‘त्यो त हो, तर के गल्ती भयो र ?’

पत्नी : ‘खै कसरी फेर्नु भयो कुन्नी, दुध सबै उम्लेर पोखियो नि !’

😊😊

एउटा केटाले बाटोमा उभिएर चुरोट खाँदै गरेको देखेपछि एकजना महिला..

महिला : ‘बाबु, तिमीले यसरी चुरोट खाएको तिम्रा बुबा आमाले देखे भने के भन्लान् ?’

केटो : (अलि फन्नी पारामा) ‘तपाईँलाई यसरी बीच सडकमा परपुरुषसँग कुरा गरेको देख्दा तपाईँका पतिले के भन्लान् नि !’

फोटो: सामाजिक सन्जालबाट

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com