‘धर्ती माता’ मातेपछी यस्तोसम्म हुन्छ ! ‘धर्ती पिता’को अ९ठो अनुभव !

प्रकाशित मिति: १४ असार २०७६, शनिबार ११:१८

अहिले एउटी ‘धर्ती माता’को चर्तिकला भाईरल भएको छ । ‘पुत्री’लाई ‘बोक्सी’ बकाउन ‘माता’ले घोर दानवीय प्रयास गरेकी छिन् । लात्ताको भुत बातले नमान्ने ठानेर ‘माता’ले पुत्रीलाई हातले हिर्काएकी छिन् । खतरनाक ‘जगल्टोपचार’ गरेकी छिन् । यसको उपचार स्वरुप ती ‘धर्ती माता’लाई ‘धर्ती पुत्र’ प्रहरीले पक्राउ गरेको छ ।

भिडियोमा पीडित पुत्रीलाई माताले गरेको बोक्सी बकाउने प्रयासको कारुणीक भिडियो देख्ने जो कोही पनि स्तब्ध हुन्छ ।

कुनै मनोवैज्ञानिक समस्याबाट पीडित देवी रुपी युवतीको चित्कार र राक्षसरुपी दानवको प्रहार देख्ने जो कोहीले पनि ‘माता’ पक्राउको समर्थन गर्छन् । अन्धविश्वासको हेड क्वाटरबाट विरोध आउन पनि सक्ला ।

यस्ता घटनालाई फेसबुककारिता ठूलो सहयोग गरेको छ । युट्युबसमाचारिता धेरै साथ दिएको छ । एउटा समाचारलाई दशवटा हेडलाइन बनाउने, तीलको गेडोलाई पहाड भनाउनेले धर्तीमाता र आकास पिताहरुलाई जन्माई रहेका छन् ।

समाचार सुरु गरिन्छ – ‘यो भयंकर कालो छ, बुरुक्क बुरुक्क उफ्रिन्छ । खतरनाक आक्रमण गर्छ !’ अन्त्यमा थाहा हुन्छ- उपियाँ पो रहेछ !

एउटै कुरालाई ओल्टाई, पल्टाई, घोप्ट्याई, उठाई गरेर अरुलाई युट्युबे मनोरन्जन दिएर आफुचाहीँ ‘धनोरन्जन’ आर्जन गर्नेले सिस्नु कुँवरहरूलाई ‘धर्ती माता’ बनाई रहेका छन् ।

यो गम्भीर घटनामाथि गजुरियल टिप्पणी छ- यस्ता फजुल तर्क, अवान्छीत गतिविधी, अमानवीय ब्यवहार, अतिवादी सोच, अवैज्ञानिक विचार, असैह्य वेदना, अनुत्तरीत प्रश्न, अस्वाभाविक परिस्थिती उत्पन्न गराउने जो कसैको निगरानी गर्नु प्रशासशनको दायित्व हो ।

फुकफाक गर्ने धामी, भुत खेलाउने झाँक्री, भाग्य खुलाउने ज्योतिषी, भविश्य बताउने त्रिकालदर्शी, आत्मा बोलाउने तान्त्रिक, देउता बोलाउने मन्त्रीक- यी सबै हाम्रा बिश्वास हुन् ।

यसलाई ‘आम’ मान्छेको सन्तुष्टीका निम्ति प्रयोग गरे सँस्कृति बन्छ, ‘आ’ भुलेर ‘म’ मान्छेका लागि मात्र प्रयोग गर्न खोजे बिकृतीमा परिणत हुनेछ । अहिले भएको यही हो ।

फलाम तातेकै बेला हान्नु पर्छ । यसो भए मात्र त्यसले आवश्यक आकार ग्रहण गर्छ । अर्थात् हाम्रो ‘सनातन धर्म-विज्ञान’भित्र रहेका अन्धविश्वासका ‘धर्ती बोझ’हरुलाई यही मौकामा धर्मको पाठ पढाउनु पर्छ । नत्र कुरा गर्यो कुरैको दु:ख !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com