‘फेसबुक’भन्दा डेन्जर ‘माईन्डबुक’ ! एकाउण्ट खोल्नु भयो ? 

प्रकाशित मिति: १६ असार २०७६, सोमबार ०१:०४

शुरुमा ‘आराम छु’ भन्न फोटो पोष्ट गरिन्थ्यो । अनि ‘आराम चाहान्छु’ भन्न पोष्टिन थालियो । त्यसपछी ‘घुम्न जाँदैछु’ भनेर देखाउन, ‘घुमेर आएँ’ भनेर सुनाउन फेसबुकको प्रयोग हुन थाल्यो ।

बिस्तारै फेसबुकले रुप होस् वा कुरुप, दुबैलाई ‘वाउ, क्या सुन्दर’ देख्न थाल्यो । डल्ले वा डल्ली, ‘क्या गज्जव पर्सनालिटी’ लेख्न थाल्यो । यहाँ सम्म त ठिकै थियो, ब्याड रिलेशनलाई पनि ‘अमेजिङ कपल’ भन्न थाल्यो । फेसबुकको झुट्कारात्मक टिप्पणी हेरेर आत्मरतीमा रमाउन थाल्यो । यसलाई पनि नराम्रो भन्न सकिन्न ।

तर, समय बित्दै जाँदा मुहार पुस्तिकाको यो सकार्षण बिस्तारै नकार्षणमा परिणत हुँदैछ । महङ्गो गतिला मोबाईल किन्दा हैरान भएका धनरोगी, एकछिन फेसबुक्न नपाउँदा मन दुख्न थाल्ने मनरोगी, फेसबुक हेर्दा हेर्दा घोप्टे भएका, आँखा कामजाेर भएका तनरोगीहरु बढ्न थालेका छन् ।

फेसबुक अब ‘माईन्डबुक’ हुन पुगेको छ । तनको कुरा देखाउन पाइने, मनको कुरा लेखाउन पाईने, अरुको हैसियत नाप्न सकिने, आफ्नो अवस्था आँक्न सकिने, मन लाग्दी कुरा बोल्न मिल्ने, गोप्य कुरा खोल्न मिल्ने ! लाग्छ- यो फेसबुक होईन, माईन्डबुक हो ।

एकैछिन भन्दै लग-ईन गर्यो । च्याटिङमा बस्ता झ्याम्मै लव पर्यो । फोटो शेयरिङ । इच अदर केयरिङ । भिडियो हेर्यो । धोको फेर्यो ।

स्क्रोलिङ गर्दै तल तल झार्यो । जति तल झार्यो उति नै मार्यो । जति भित्र पस्यो, उति मोह बस्यो । पुराना  कुरा भेटिन्न, स्वाद नै मेटिन्न !

युवा युवतीलाई जोडाउने, घरबार नि फोडाउने । उठेकालाई सुताउने । सुतेकालाई उठाउने । जुटेकालाई फुटाउने । फुटेकालाई जुटाउने । नपसुन्जेल पस्न गार्हो । पसेपछी निस्कन गार्हो । जुकरबर्ग भाइले जुकै पार्यो !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com