चुट्किला – म ताक्छु मुडो बन्चरो ताक्छ घुँडो ! 

प्रकाशित मिति: २३ असार २०७६, सोमबार ०४:३९

एउटा एक्सिडेन्ट भएछ, मानिसको भिंड लागेको थियो । कालु होचो भएकोले देख्न सकेन । उसले बुद्धि लगाए करायो- ‘सबै हट्नुस्, म मेरा बाबुको मुख हेर्न चाहन्छु । भिंड हट्यो । कालु अगाडी पुग्दा एउटा कुकुर पो मरेको रहेछ !’
😊😊

रोहन : ‘हिरा र मोतीमा के फरक छ ?’

अजय : ‘हिरा तेरो छोरी, मोती मेरो कुकुर !’

😊😊

म उनैलाई प्रभाव पार्न गीत गुनगुनाई रहेको थिएँ । उनी मेरो छेवैमा आएर भनिन् – ‘तपाईँ रत्नपार्क गएर कराएर पत्रिका बेच्नुस्, स्वर मिठो रहेछ !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com