अनिस्चित तिन कुरा !

प्रकाशित मिति: २८ असार २०७६, शनिबार ०१:५७

प्रेमिका : ‘तिमी मलाई कति माया गर्छौ ?’

प्रेमी : ‘अति धेरै, धेरै !’

प्रेमिका : ‘म  मरें भने रुन्छौ त ?’

प्रेमी : ‘किन नरुनु, रुन्छु नि !’

प्रेमिका : ‘ल रोएर देखाउ त !’

प्रेमी : ‘पहिला तिमी मरेर देखाउ न !’

😊😊

बिरामी : ‘डाक्टर सा’ब, मलाई अनौठो बिराम लागेको छ ।’

डाक्टर : ‘कस्तो बिराम भन्नुस त ?’

बिरामी : ‘कुरा गरेको समय मान्छे देख्दिन ।’

डाक्टर : ‘कसरी यस्तो हुन्छ ?’

बिरामी : ‘टेलिफोनमा कुरा हुन्छ तर मान्छे देखिन्न डा’सा !’

😊😊

कुरै कुरामा हास्य सामग्री तयार !

शेयर बजार बढेन भनेर मन्थन हुदै थियो। दुर्गा सरले भन्नु भयो -‘खै के भनौं, ‘कुकुरको बाउ, शेयरको भाउ र बाँदरको घाउ’ कहिल्यै निस्चित हुँदैन !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com