हिउँद र बर्खामा फरक-फरक रङ बदल्ने नेता

प्रकाशित मिति: ३० असार २०७६, सोमबार १४:५३

मतदाता : ‘नेताज्यू तपाईँले चुनाव जित्नु भयो भने के गर्नु हुन्छ ?’

नेता : ‘मलाई त चिन्ता यो छ, हारें भने के गर्ने होला !’

😊😊

शिक्षक : ‘राम, हिउँदको सुख्खा र बर्खाको बाढीले राजनीतिलाई  के फरक पार्छ ?

राम : ‘हिउँदमा नेताजी गाडीमा गुड्छन, बर्खामा नेता आकाशमा उड्छन् !’

😊😊

आत्महत्याको बारेमा एक नेता मञ्चमा भाषण गर्दै थिए…

नेता : ‘आत्महत्या गर्नु अपराध हो, पाप हो, कायरता हो ।’
……
यसरी आत्महत्या गर्नु भन्दा त एउटा पेस्तोल लिएर आफैले कन्चटमा हानेर मर्नु ठिक हुन्छ !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com