आलुजस्तो सरकार र पिँडालुजस्ताे प्रतिपक्ष 

प्रकाशित मिति: ५ श्रावण २०७६, आईतवार ०४:२७

विप्लव समुहका नेता भन्छन् – ‘खुला राजनीतिमा आउन तयार छौं ।’
स्थिति कमजोर हुदै गएको महशुस भएको शंका उत्पन्न !

ढुवानीमा अनलाइन निगरानी : किन उत्रिए व्यवसायी बिरोधमा?
आयो अनलाईन निगरानी, ठाने- ठूलो आम्दानी, हुने भो खरानी !

‘बाढी पीडितहरु प्रति सरकार गम्भिर भएन’ : देउवा
मौका यहि देउवा सर , भुकम्पमा कम्यूनिष्टले भ्याए, ऐले कांग्रेले ठोक्नोस् ।

प्रेमिकालाई भित्र्याउन श्रीमतिको हत्या
अर्कीको जालमा परे’सी घरकीको काल !

प्रतिपक्ष नेता खाँणको कटाक्ष : ‘सरकार हिलो खेतमा लगाएको आलु जस्तै ।’

सत्तापक्ष नेता बाँणको पटाक्ष : ‘प्रतिपक्ष बालुवामा रोपेको पिँडालु जस्तै ।’                                                          

नारायणी नदीमा दुइ महिना भित्रै ‘मिनी पानी जहाज’ चल्ने !
केही महिनापछी ‘खानी जहाज’ बनाउने खतरा !

कालो सूचिमा राख्नु पर्ने रमण कन्सट्रक्सनलाई भेरी-बबईको ठेक्का !
काले काले मिलेर खाउ भाले, यसै भन्थे ठेकेदार बाले !

‘कम्यूनिष्टको अपरिपक्वता र दम्भले राष्ट्रियता कमजोर भयो’: कांग्रेस नेता
कांग्रेसको असहिष्णुता र अधैर्यताले नचाहिँदो हल्ला बलियो भयो’ : कम्युनिष्ट नेता

तस्वीर साभार: सामाजिक सन्जालबाट

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com