पार्कमा ज्युँदाे भगवान !

प्रकाशित मिति: ५ श्रावण २०७६, आईतवार ०४:४८

धेरै पछि पार्कमा घुम्न गएको बेला रोहनले पत्नी चम्पालाई भन्छ…

रोहन : ‘चम्पा, आजभोली मान्छेहरु मलाई भगवान मान्न थालेछन् यार !’

चम्पा : ‘कसरी थाहा पाउनु भयो ?’

रोहन : ‘अहिले मलाई हेरेर एकजनाले भनिहाल्यो – ‘हे भगवान यो फेरी आएछ !’

😊😊

दुई जना सम्धी सत्यरस पिउन बसेपछि…

केटीको बाबु : ‘सम्धी, पानी कती हालौं ?’

केटाको बाबु : ‘पानी नहालौं सम्धी !’

केटीको बाबु : ‘किन र ?’

केटाको बाबु : ‘हाम्रोतिर छोरीको घरमा पानी खाने चलन छैन !’

😊😊

रोमा : ‘डाक्टर सा’ब, मलाई डाइरिया भयो, जाँदा जाँदा हैरान भएँ ।’

डाक्टर : ‘कति पातलो गई रहेको छ ?’

: ‘खै कस्तो भनौं ! (अकमकाउदै) मानाैं,  हजुरले कुल्ला गर्दा जति पातलो हुन्छ त्यति नै  !’

                            फोटो साभार: सामाजिक सन्जालबाट
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com