सडकहरुको नाम फेर्ने तयारी, काठमाण्डौका प्रश्तावित नामहरु !

प्रकाशित मिति: ६ श्रावण २०७६, सोमबार ०६:१८

देशले सन् २०२० लाई भ्रमण बर्षको रुपमा मनाउँदैछ । यसकालागि नयाँ नयाँ पर्यटनस्थल घोषणा हुँदैछन् । यसै प्रसंगमा जोरपाटी–गोकर्ण सडक खण्डलाई ‘गोकर्णेश्वर जलमार्ग’को रुपमा अगाडी बढाउने कार्य युद्धस्तरमा बढि रहेको छ । हेर्नोस्, फोटो कथा :-

राष्ट्रपति पोखरी
कुनै बेला वर्तमान राष्ट्रपतिले यहि क्षेत्रबाट चुनाव जित्नु भएको थियो । उहाँकै सम्मानमा यसको नाम ‘राष्ट्रपति पोखरी’ राखिएको हो ।

प्रधानमन्त्री खाल्डो
यो सडकमा धुलो उड्दैन । यहाँ जो कोही मास्क नलगाई हिंड्न सक्छ । अतः यस सुन्दर पोखरीलाई ‘प्रधानमन्त्री खाल्डो’ भनिएको हो ।

माननीय आहाल
यो सडकलाई जलमार्ग बनाउन यस क्षेत्रका माननीयको पनि काम योगदान छैन । त्यसैले यसको नाम ‘माननीय आहाल’ नामाकरण गरिएको हो ।

मेयर झिल

गोकर्णेश्वरको पर्यटन प्रवद्र्धनमा यहांको स्थानीय सरकार ज्यान फालेर लागेकोे छ । सरकारका स्थानीय प्रमुखको योगदानको कदर गर्दै यसलाई ‘मेयर झिल’ भनियो ।

वडाध्यक्ष दह

सडकका यी पोखरीहरुमा कसरी पौडने, कस्ता माछा पालन गर्ने, पर्यटकलाई कसरी घुमाउने जिम्मा वडाध्यक्षको हो । उनकै सम्मानमा यसलाई ‘वडाध्यक्ष दह’ घोषणा गरिएको हो ।

ठेकेदार स्विमिंग पुल

यति सुन्दर पर्यटनस्थलको निर्माण गर्ने ठेकेदारलाई बिर्सनै हुन्न । उनकै सुन्दर योजनामा एसियाकै पहिलो जलमार्ग बनेको छ । त्यसैले यो स्विमिंग पुललाई ‘स्विमिंग पुल’ नामाकरण गरिएको हो ।

नोटः जलमार्गमा भेटिएका सांसद रामेश्वर फुयालले भने यो जलमार्ग नभएर थलमार्ग नै भएको बताए । सडक निर्माण कार्यमा खटेका उनले भने, ‘काम नगर्नेलाई ब्यंग्य गर्नु ठिक हो तर यसरी आफैं खटेर सडक निर्माण गरिरहेको कुरा पनि बताई दिन नभुल्नुहोस् ।’

*डिस्क्लेमर
गजुरियल डटकम नेपालको एकमात्र सटायर न्यूज अनलाईन हो । हाम्रा समाचारहरु अर्धसत्यमात्र हुन् । यसमा प्रकाशित सामाग्रीहरु कसैको बानी, ब्यहोरा र शैलीसंग मेल खान गएमा संयोगमात्र हुनेछैन, भुल सुधान गर्ने सुन्दर अवसर पनि बन्नेछ । ब्यंग्य, आलोचना र सुझावलाई ‘निम्छरो कुण्ठा’ ठानेर खाँबो चिथर्नेहरुलाई श्री पशुपतिनाथले कल्याण गरुन् !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com