।।आठ बर्षको बच्चा  अविभावक ।।

प्रकाशित मिति: ८ श्रावण २०७६, बुधबार ०२:१८

घर भाडामा खाली छ भन्ने बोर्ड झुण्ड्याइएको रहेछ जसमा ‘बालबच्चा नभएकालाई मात्र’ लेखिएको देखेपछि…

एउटा ८ बर्षको बच्चा : ‘साहुजी, तपाईँको घर मलाई भाडामा दिनुस् न त, मेरा कुनै बालबच्चा छैनन्, केवल बुबा-आमा मात्र हुनुहुन्छ !’

😊 😊

अन्जु : ‘रन्जु, कुनै चिजको लामो नाम भन्न सक्छ्यौ ?’

रन्जु : (सजिलै भन्छिन्) ‘ रबर !’

अन्जु : ‘यो त छोटै भयो यार !’

रन्जु : ‘कहाँ हुनु, जति तन्कायो उति लामो हुन्छ नि !’

फोटो साभार: सामाजिक सन्जाल

बाबु : (छोरालाई) ‘घरमा बसेर अलि राम्ररी पढ्ने गर । खाली बाहिर हिँडेको छ, कि टि.भी. हेरेको छ ! मलाई त मेरा बुबाले अनुसाशनमा राख्नु भएको थियो ।’

छोरा : ‘हजुर बुबा पुरानो जमानाको गँवार हुनुहुन्थ्यो होला !’

बाबु : ( रिसाउँदै ) ‘चुप् लाग्, तेरो बाबु भन्दा धेरै सज्जन हुनुहुन्थ्यो !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com