विप्लवप्रति सरकारको मसाज नीति – तेल लगाउँदै कुट्दै !

प्रकाशित मिति: ९ श्रावण २०७६, बिहीबार ०३:५२

 

प्रधानमन्त्रीसहित शीर्ष नेताहरुलाई भेटेर फर्किए ‘रअ’ का प्रमुख
-पहिले भेट्न बोलाउँथ्यो ऐले आफैं आयो, हाम्रा अल्छी भा हुन् कि ‘रअ’ जाँगरिलो भयो ?’

‘निर्मला प्रकरण’ जस्ता घटना पहिले पनि भएका थिए पछि पनि घट्न सक्छन् ।’ – गृहमन्त्री थापा
-‘संबेदनहिनताको मादल – मानावितामा कालो बादल !’

तेल बोक्ने ट्याङकरमा लागु औषध भेटियो, सहचालक पक्राउ
-‘चालकलाई छोडी सहचालक पक्राउ ! मूल अपराधि जोगाउँने दाउ !’ -यस्तो त हैन ?

बिप्लवप्रति दोहोरो नीति, नियन्त्रण पनि वार्ता पनि
-यसलाई भन्छन्- तेल लगाउँदै कुट्दै !

उपेन्द्रले भने – ‘संसदको साख गिर्यो !’ बाबुरामले थपे- ‘त्यसो भए अब संघर्ष गरौं !’
-यिनि पनि रिसाको तिनि पनि रिसाको, सत्ता ताक्ने दाउ मिसाको ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com